Comments Add Comment

युनाइटेट सिमेन्ट्स भिडियोबाट भन्यो-साहसीलाई सलाम

युनाइटेट सिमेन्ट्सले जोखिमको यो कठीन घडीमा आफ्नो ज्यानको समेत माया नगरी अग्रपंक्तीमा खटिनेहरुको सम्मान स्वरुप एउटा भिडियो सार्वजनिक गरेको छ ।

यस म्यूजिक भिडियोको एक मात्र लक्ष्य भनेको यो कठीन घडीमा आफ्नो ज्यानको समेत माया नगरी अग्रपंक्तिमा खटिने साहसीहरुलाई धन्यवाद भन्नु र सम्मान स्वरुप सलाम गर्नु हो । अहिले कोभिड १९ ले पुरा विश्व नै आक्रान्त पारेको अवस्थामा, यो गीतले अग्रस्थानमा काम गर्ने सम्पूर्णको मनोबल बढाउने धारणा यूनाइटेड सिमेन्ट्सले ब्यक्त गरेको छ ।

रामकृष्ण ढकाल, सुगम पोखरेल, प्रमोद खरेल, रजिना रिमाल, मेलिना राई, मोहित मुनाल र सन्तोष दंगालको सुमधूर स्वर, रचनाकार सन्तोष पौड्यालको कुशल लेखन, मोहितमुनालको संगीत संयोजन र कलाकार व्यवस्थापन र अन्य थुप्रैको अथाह मेहेनतले युनाइटेड सिमेन्ट्सले यो म्यूजिक भिडियो ल्याएको हो ।

यो गीतको भिडिओ फेसबुक र युट्युब मा पनि उपलब्ध छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment