
२ कात्तिक, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या एक लाख १४ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख १४ हजार ३१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाबाट एक हजार ३३ जनाको मृत्यु भएको हो ।
त्यस्तै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या पनि ७४ लाख ९४ हजार ५५२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाका ६१ हजार ८७१ नयाँ संक्रमित भेटिएका हुन् ।
अमेरिकापछि सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको मुलुक हो । अहिलेसम्म अमेरिकामा ८१ लाखभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् । मृतक संख्याको आधारमा भने भारत तेस्रो स्थानमा छ ।
अमेरिकामा अहिलेसम्म दुई लाख १९ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ भने ब्राजिलमा एक लाख ५३ हजारभन्दा धेरैको मृत्यु भएको छ ।
प्रतिक्रिया 4