+
+
Shares

काठमाडौंमा गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २ गते १७:२०

२ कात्तिक, काठमाडौं । काठमाडौंको सामाखुसी चोकमा गाडीको ठक्करबाट आइतबार एकजना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको पञ्चगाछी गाउँपालिका–४ घर भएका ३१ वर्षीय अशोक ताजपुरीया रहेका छन् ।

ना.६ ख ४०१६ नम्बरको गाडीले काठमाडौं महानगरपालिका–२६ सामाखुसी चोकमा ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । घाइते ताजपुरीयाको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाडी चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?