+
+

साझा र विवेकशील नेपाली दलले एकता प्रतिवेदनमा छलफल गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ४ गते १४:२९

४ कात्तिक, काठमाडौं । विवेकशील नेपाली दल र साझा पार्टीबीचको एकतासम्बन्धी संयुक्त प्रतिवेदन मंगलबार दुबै दलको केन्द्रीय समितिमा पेश भएको छ ।

विवेकशील नेपाली दल र साझा पार्टीका राजनीतिक संवाद समितिले दुई दलबीचको एकीकरणका लागि भएको वार्ताका निष्कर्षहरू ‘संयुक्त प्रतिवेदन’का रूपमा असोज २९ गते साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेलाई बुझाएको थियो । उक्त प्रतिवेदनमाथि दुबै दलको संघीय/केन्द्रीय समितिमा छलफल हुनेछ ।

प्रतिवेदनलाई दुवै पार्टीका केन्द्रीय/सङ्घीय समितिमा छलफल र अनुमोदन गर्दै आ-आफ्नो पार्टी विधानमा तोकिएको प्रक्रिया पूरा गरेपछि एकीकरणको प्रक्रियाले पूर्णता पाउने ती दलको संवाद समिति संयोजकले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विगतमा एकता भएको यी दल पछि फुटेर अलग अलग रुपमा गतिविधि गर्दै आइरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?