Comments Add Comment

आशिष र रेश्माको ‘पानी बादलु’

गायक आशिष सचिन र गायिका रेश्मा पुनको स्वरमा समावेश ‘पानी बादलु’ सार्वजनिक गरिएको छ । दीपक शर्माको यो गीतमा शब्द तथा संगीत छ । गीतलाई डान्सिङ शैलीमा तयार पारिएको छ ।

सार्वजनिक गरिएको गीतको भिडियोमा सचिनको साथमा अलिसा शर्मा, सरोज अधिकारी, आश्मा विश्वकर्मा, पवन खतिवडा, खड्गबहादुर पुनले अभिनय गरेका छन् । गम्भिर बिष्टको निर्देशक तथा कोरियोग्राफीमा तयार भएको यो गीतको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । भिडियोमा सुप्रिम पराजुलीको सम्पादन छ ।

गायक सचिनले यो गीतबाट आफू आशावादी रहेको सुनाए । उनले, दर्शकले दिएको मायाकै कारण आफूले यसपटक केही फरक शैलीको गीत तयार पारेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment