Comments Add Comment

पचली भैरवलाई कुमारीसँग भेट गराइयो (फोटो फिचर)

५ कात्तिक, काठमाडौं । टेकुको पचलीस्थित मन्दिरमा रहेको पचली भैरवलाई बुधबार बसन्तपुरस्थित हनुमानढोकामा ल्याइएको छ ।

पचली भैरवको मूर्तिलाई खटमा राखेर टेकुबाट नगर परिक्रमा गर्दै वसन्तपुर ल्याइएको छ । बसन्तपुरमा पचली भैरवलाई जीवित देवी कुमारीसँग भेट गराइएको छ ।

पचली भैरवलाई कुमारीको बाबु मानिन्छ । बुधबार टेकुबाट पचली भैरवसँगै अजिमा र गणेशलाई पनि बसन्तपुर ल्याइएको छ । विगतका वर्षमा ठूलो उल्लास र ठूलो समूहमा गरिने यो जात्रा कोरोना भाइरसको महामारीका कारण यसवर्ष सानो समूह सहभागी भएर गरिएको छ ।

मंगलबारजस्तै बुधबार पनि पचली भैरवलाई बोक्नेहरुले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), भारइजर र मास्क लगाएका थिए ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment