Comments Add Comment

एकै दिन टीभीएसका एक हजार बाइक तथा स्कुटर बिक्री

एकै दिन टीभीएसका एक हजार बाइक तथा स्कुटर बिक्री भएका छन् । टीभीएस ब्रान्डका मोटरसाइकल तथा स्कुटर बलियो, मजबुत र उच्चतम पावर तथा पर्फमेन्सका कारण र चाडपर्षमा विषेश अफर ल्याएका हुनाले उक्त परिमाणका बाइक तथा स्कुटर विक्रि भएका हुन ।

नेपालमा खासगरी युवा पुस्ताले यो ब्रान्डलाई बढी रुचाएको कम्पनीको दावी छ । आधुनिक डिजाइन, आकर्षक लुक्स र उच्चतम पावर तथा पर्फमेन्सका कारण युवा पुस्तामाझ यो ब्रान्ड लोकप्रिय बनेको हो ।

जगदम्बा मोटर्सले हाल चाडपर्वको अवसरमा ‘टीभीएस दशैंको आशा’ नामक स्किम सार्वजनिक गरेका कारण अटो बजारमा यसको चर्चा रहेको छ । यस योजनामा सहभागिता जनाउन टिभिएसको मोटरसाइकल खरिद गरेकै हुनु पर्ने भन्ने छैन ।

योजना अन्तर्गत टीभीएसको कुनै पनि मोटरसाइकल खरिदमा नगद छुटको रूपमा ९ हजार र स्कुटरको खरिदमा ७ हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सक्ने छन् । साथै ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले शुन्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्ने छन् । यी दुईमध्ये कुनै एक स्किम ग्राहकले छनोट गर्न पाउने सुविधा कम्पनीले दिएको छ ।

बम्पर उपहारका रूपमा, हरेक हप्ता एक जनाले टीभीएस अपाचे आरआर ३१० बाइक जित्न सक्ने कम्पनीले जनाएको छ । यो टीभीएसकै सबैभन्दा महंगो मोटरसाइकल हो । हरेक हप्ता हुने लक्की ड्रमा भागलिन चाहने जो कोहीले पनि https://tvsnepal.com/dashain मा गएर फारम भर्नु पर्ने छ । जसमा मोटरसाइकल नकिन्नेले पनि आफ्नो नाम रजिस्टर गर्न सक्ने छन् भने आरआर ३१० जित्ने अवसर पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment