
१६ कात्तिक, काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गत कोभिड १९ उपचार केन्द्रमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
अस्पतालका निर्देशक डा. अर्जुन आचार्यका अनुसार कास्कीको पोखरा महानगरपालिका–१७ का ६० वर्षीय पुरुषको उपचारको क्रममा आइतबार बिहान ११ः५५ बजे मृत्यु भएको हो ।
असोज २१ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई अस्पतालको आईसीयू कक्षमा राखेर उपचार गरिए पनि बचाउन नसकिएको उनले बताए । डा. आचार्यका अनुसार उनी निमोनिया, मधुमेह लगायतका बिरामी पनि थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4