Comments Add Comment

दर्शकका कारण हामीले एकसाथ काम गरिरहेका छौंः पूजा–आकाश

नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको जोडीलाई दर्शकले निकै रुचाएका छन् । आकाश र पूजाको जन्मदिनमा दर्शकले गर्ने सेलिव्रेशनले पनि यो कुरा पुष्टी हुन्छ । नायक आकाश श्रेष्ठको बुधबार परेको जन्मदिनमा फ्यानले आयोजना गरेको भव्य कार्यक्रमले पनि उनीहरु र फ्यानविचको कनेक्शन वुझ्न सकिन्छ ।

संचारकर्मीसँग कुरा गर्दै पूजा र आकाशले दर्शकका कारण आफूहरु एकसाथ रहेको बताएका छन् । दर्शकले त तपाइहरुको जोडीलाई वास्तविक जीवनमै हेर्न चाहनुभएको छ नी भन्ने संचारकर्मीको प्रश्नमा पूजाले भनिन्–‘यो दर्शकको चाहना हो । यसलाई हामीले आत्मसात गरेका छौ । हामी, दर्शकको मायाकै कारण एकसाथ काम गरिरहेका छौ । भोलीको कुरा कसलाई थाहा हुन्छ र । तर, हामी झगडा गर्यौं या एक अर्कासँग रिसायौं भनेपनि फ्यानहरुले नै मिलाइदिनुहुन्छ । हाम्रो कनेक्शन गज्जबको छ ।’

नायिका पूजा शर्माले आफूहरु बिहैको सोचमा भने आइनसकेको बताइन् । आकाशले संचारकर्मीसँग भने–‘म दर्शकहरुलाई भगवानको रुपमा लिन्छु । उहाँहरुकै कारण हामी एकसाथ छौ । समय र परिस्थिती कहाँबाट कसरी पुग्यो भन्ने नै मैले पत्तो पाएको छैन । रामकहानीमा काम गरेपछि हाम्रो जोडी जमेको हो ।’

चलचित्र ‘रामकहानी’मा एकसाथ काम गरेपछि पूजा र आकाश नजिक भएका थिए । यसपछि, उनीहरुले एकसाथ चलचित्र र म्यूजिक भिडियोमा काम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment