+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सचिवालय बैठक बोलाउने जिम्मा महासचिव विष्णु पौडेललाई

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २५ गते १५:१५

२५ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय बैठक बोलाउन तयार भएका छन् । नेकपाको सचिवालय बैठक असोज १९ गतेदेखि बस्न सकेको छैन ।

पार्टीभित्र विवाद बढ्दै गएपछि सचिवालय बैठक रोकिएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बहुमत सचिवालय सदस्य (प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ) ले बैठक बोलाउन आग्रहसहित लिखित पत्र नै ओलीलाई बुझाएका छन् । कात्तिक २३ मा बालुवाटार पुगेर बैठक बोलाउन माग गर्दै पत्र बुझाएका थिए ।
उच्च स्रोतका अनुसार, आफू निकट नेताहरुको समेत दबाव आएपछि ओली पनि बैठक बोलाउन तयार भएका छन् । ओलीले महासचिव विष्णुप्रसाद पौडेललाई बैठक बोलाउने जिम्मा दिएका छन् ।

अनलाइनखबरसँग ओली निकट नेता सुवास नेम्वाङले पनि बैठक बोलाउने तयारी भएको बताए । ‘बैठक बोलाउने नै हो, त्यसको तयारी भइरहेको छ,’ नेम्वाङले भने,  ‘महासचिव पौडेललाई बैठकको मिति तय गर्ने जिम्मा दिइएको छ ।’

बैठक बोलाउने जिम्मा पाए लगत्तै महासचिव पौडेल सोमबार खुमलटार पुगेका थिए । तर, प्रचण्ड र पौडेलबीच भएको सम्वाद खुलाइएको छैन । महासचिव पौडेलले पनि बैठक बोलाउने तयारी भइरहेको संकेत दिए । उनले अनलाइनखबरसँग भने, ‘थाहा पाइहाल्नु हुन्छ नि, बैठकको मितिबारे पनि चाँडै भनौला ।’

यता, प्रचण्डसहितका पाँच नेता भने सचिवालय बैठक नबोलाइएको भन्दै मंगलबार दिउँसो चार बजे धुम्बाराहीमा बैठक बस्ने तयारी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?