Comments Add Comment

मिस नेपाल-२०२० का २१ प्रतिस्पर्धीको नाम सार्वजनिक

२५ कात्तिक, काठमाडौं । यो वर्षको मिस नेपाल प्रतिस्पर्धाका लागि २१ जना प्रतिस्पर्धीको नाम सार्वजनिक भएको छ । आयोजक संस्था हिडेन ट्रेजर मिस नेपाल–२०२० ले मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच २१ जना प्रतिस्पर्धीको नाम सार्वजनिक गरेको हो ।

यस वर्षको २६ औँ नेपाल सुन्दरी प्रतियोगिताको अन्तिम चरणको प्रतिस्पर्धा आगामी मङ्सिर २० गते हुने आयोजक संस्थाले जनाएको छ । हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले गत नोभेम्बर १ मा तयार पारिएको प्रतिस्पर्धीको सूचीबाट २१ जना प्रतिस्पर्धीको सूची सार्वजनिक गरिएको जानकारी दिए ।

काठमाडौंसहित देशका मुख्य ९ सहरमा गरिएको अडिसनमार्फत छानिएका यी प्रतिस्पर्धीहरूलाई अबको १५ दिन आवाशीय प्रशिक्षणमा राखिने छ र त्यसपछि ग्राण्ड फिनाले हुने आयोजकले जनाएको छ ।

प्रतिस्पर्धामा काठमाडौं, काभ्रे, मोरङ, दाङ, भक्तपुर र चितवन गरी छ जिल्लाका युवतीहरू सहभागी छन् ।

तस्वीरहरू : शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment