Comments Add Comment

मेसीलाई पछि पार्दै लेवान्डोस्कीले पाए गोल-५० बेस्ट प्लेअर अवार्ड

महिलातर्फको अवार्ड चेल्सीकी पर्निल हार्डरले जितिन्

२६ कात्तिक, काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखबाट खेल्ने पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले गोल-५० बेस्ट प्लेयर अवार्ड जितेका छन् । स्पोर्ट्स अनलाइन गोल डट कम ले हरेक वर्ष यस अवार्ड प्रदान गर्दै आएको छ ।

सन् २०१९-२० सिजनको उत्कृष्ट खेलाडी बन्दै लेवान्डोस्कीले यस अवार्ड जितेका हुन् ।

लेवान्डोस्कीले म्यान्चेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुएना र बार्सिलोनाका कप्तान लिओनल मेसीलाई पछि पार्दै अवार्ड जितेका हुन् । गत सिजन बायर्नले डोमेस्टिक ट्रेबल सहित पाँच उपाधि जित्दा लेवान्डोस्कीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

बायर्नले जर्मन बुन्डेसलिगा, युरोपियन च्याम्पियन्स लिग र जर्मन कप सहित यूईएफए सुपर कप र जर्मन सुपर कप समेत उपाधि जितेको थियो ।

लेवान्डोस्कीले गत सिजन लिगमा ३४ गोल गरेका थिए भने च्याम्पियन्स लिगमा १५ गोल गरेका थिए । उनले गत सिजन कुल ४७ खेलमा ५५ गोल गरेका थिए ।

महिलातर्फको अवार्ड चेल्सीकी पर्निल हार्डरले जितेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment