Comments Add Comment

कोरोना भाइरस संक्रमणबाट थप ३१ जनाको मृत्यु

२५ कात्तिक, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप ३१ जनाको मृत्यु भएको छ ।

काठमाडौं र मोरङका ५/५ जना, ललितपुरका ४ जना, बर्दियाका ३ जना, झापा, उदयपुर र रुपन्देहीका २/२ जना, सुनसरी, तेह्रथुम, सिराहा, भक्तपुर, चितवन, तनहुँ, कपिलवस्तु, दाङमा १/१ जनाको मृत्यु भएको प्रदेशको  सामाजिक विकास मन्त्रालय  र सम्बन्धित अस्पतालहरुले जनाएका छन् ।

  • गौरादह नगरपालिका– ५ झापाका ६५ वर्षका पुरुषको नोबेल शिक्षण अस्पताल विराटनगरमा मंगलबार विहान मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनी कात्तिक १३ गते अस्पताल भर्ना भएका थिए । उनमा स्वासप्रश्वासमा समस्या देखिएको थियो ।
  • हल्दीबारी गाउँपालिका– ४ झापाका ७० वर्षका पुरुषको नोबेल शिक्षण अस्पताल विराटनगरमा मंगलबार मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनी कात्तिक १५ गते अस्पताल भर्ना भएका थिए ।
  • रतुवामाई नगरपालिका–९ मोरङका ७७ वर्षका पुरुषको पनि नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि कात्तिक २२ गते अस्पताल भर्ना भएका उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो ।
  • विराटनगर महानगरपालिका–३ मोरङका ७७ वर्षका पुरुषको कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा मंगलबार विहान मृत्यु भएको छ । कोरोना संक्रमणपछि उनलाई कात्तिक २२ गते अस्पताल भर्ना गरिएको थियो ।
  • विराटनगर महानगरपालिका–३ मोरङका ८९ वर्षका संक्रमितको सोमबार राति होम आइसोलेसनमा मृत्यु भएको छ ।
  • कटहरि गाउँपालिका –२ मोरङका ५० वर्षका पुरुषको विराटनगरको न्युरो अस्पतालमा सोमबार राति मृत्यु भएको छ । कात्तिक २१ गते अस्पताल भर्ना भएका र सोही दिन संक्रमण पुष्टि भएका उनमा निमोनियाको समस्या थियो ।
  • सुन्दरहरैंचा नगरपालिका–७ मोरङकी ७७ वर्षकी महिलाको होम आइसोलेसनमै मंगलबार विहान मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि परीक्षण गराउँदा सोमबार उनमा संक्रमण पुष्टि भएको थियो ।
  • इटहरी उपमहानगरपालिका–५ सुनसरीकी ६९ वर्षकी महिलाको कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा मंगलबार विहान मृत्यु भएको छ । कात्तिक १३ गते संक्रमण पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
  • त्रियुगा नगरपालिका–३ उदयपुरका २१ वर्षका पुरुषको नोबल शिक्षण अस्पतालमा मंगलबार मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनी कात्तिक २२ गते अस्पताल भर्ना भएका थिए ।
  • चौदण्डीगढी नगरपालिका–२ उदयपुरका ४२ वर्षका पुरुषको मंगलबार दिउँसो साढे १२ बजे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । कात्तिक १४ गते अस्पताल भर्ना भएका उनमा १६ गते संक्रमण पुष्टि भएको थियो ।
  • म्याङलुङ नगरपालिका–१० तेह्रथुमका ५७ वर्षका पुरुषको मंगलबार विहान नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनी कात्तिक २२ गते अस्पताल भर्ना भएका थिए ।
  • लाहान नगरपालिका–२ सिराहाका ७० वर्षका पुरुषको मंगलबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । कात्तिक १६ गते अस्पताल भर्ना भएका र १७ गते संक्रमण पुष्टि भएका उनमा मधुमेहको समस्या थियो ।
  • काठमाडौंका ७२ वर्षकी महिलाको कात्तिक २४ गते मृत्यु भएको छ । कात्तिक २२ गते कोरोना संक्रमण पुष्टि भएकी उनी निमोनिया र मुटुको समस्या लिई २३ गते अस्पताल भर्ना भएकी थिइन् । उनमा मिर्गौला रोग र मधुमेहको समस्या थियो ।
  • काठमाडौंका ६२ वर्षका पुरुषको कात्तिक २४ गते मृत्यु भएको छ । कात्तिक १५ गते संक्रमण पुष्टि भएका उनी निमोनिया र सेप्टिक सकको समस्या देखिएपछि २४ गते अस्पताल भर्ना भएका थिए । उनमा दम, उच्च रक्तचाप र थाइराइडको समस्या थियो ।
  • काठमाडौंका ५३ वर्षका पुरुषको कात्तिक २४ गते मृत्यु भएको छ । कात्तिक १७ गते संक्रमण पुष्टि भएका उनी त्यसै दिन अस्पताल भर्ना भएका थिए । उनमा उच्च रक्तचाप, मधुमेह र मिर्गौलाको समस्या थियो ।
  • काठमाडौंका ८४ वर्षका पुरुषको कात्तिक २४ गते मृत्यु भएको छ । कात्तिक २२ गते अस्पताल भर्ना भएका उनमा २४ गते नै संक्रमण पुष्टि भएको थियो ।
  • काठमाडौंका ८६ वर्षका पुरुषको मंगलबार मृत्यु भएको छ । कात्तिक २४ गते संक्रमण पुष्टि भएका उनी स्वासप्रश्वासमा समस्या र निमोनिया भएपछि सोही दिन अस्पताल भर्ना भएका थिए । उनमा उच्च रक्तचाप र मधुमेहको समस्या थियो ।
  • ललितपुरका ६७ वर्षका पुरुषको कात्तिक २४ गते मृत्यु भएको छ । कात्तिक १५ गते संक्रमण पुष्टि भएका उनी १७ गते अस्पताल भर्ना भएका थिए । उनी उच्च रक्तचाप, मधुमेह र क्यान्सरका बिरामी थिए ।
  • ललितपुरका ५९ वर्षका पुरुषको मंगलबार मृत्यु भएको छ । कात्तिक १४ गते अस्पताल भर्ना भएका उनमा कात्तिक २३ गते संक्रमण पुष्टि भएको थियो ।
  • ललितपुरका ८९ वर्षका पुरुषको कात्तिक २४ गते मृत्यु भएको छ । कात्तिक १७ गते संक्रमण पुष्टि भएका उनी निमोनिया देखिएपछि १८ गते अस्पताल भर्ना भएका थिए ।
  • ललितपुरकी ८४ वर्षकी महिलाको कात्तिक २३ गते मृत्यु भएको छ । कात्तिक २३ गते अस्पताल भर्ना भएकी उनको मृत्युपछि कात्तिक २४ गते संक्रमण पुष्टि भएको हो । उनी उच्च रक्तचाप र मुुटुको बिरामी थिइन् ।
  • भक्तपुरका २४ वर्षका पुरुषको कात्तिक २४ गते मृत्यु भएको छ । कात्तिक ७ गते संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका उनमा स्वास प्रश्वासमा समस्या देखिएको थियो । उनी मिर्गौलाका बिरामी थिए ।
  • भरतपुर महानगरपालिका–१९ चितवनका ७७ वर्षका पुरुषको सोमबार राति सवा ८ बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका उनमा कात्तिक २१ गते संक्रमण पुष्टि भएको थियो ।
  • भिमाद नगरपालिका–९ तनहुँका ६३ वर्षीय पुरूषको कात्तिक २० गते पोखरामा मृत्यु भएको छ । उना कात्तिक १२ गते संक्रमण पुष्टि भएको थियो ।
  • लुम्बिनी साँस्कृतिक नगरपालिका–१० रुपन्देहीकी ४८ वर्षकी महिलाको भैरहवाको भीम अस्पतालमा सोमबार राति १० बजे मृत्यु भएको छ । कात्तिक १७ गते संक्रमण पुष्टि भएकी उनी १८ गते अस्पताल भर्ना भएकी थिइन् । उनी सिनियर अनमी हुन् ।
  • सिद्धार्थनगर नगरपालिका–१२ रुपन्देहीका ७० वर्षका पुरुषको भीम अस्पतालमा मंगलबार विहान ६ बजे मृत्यु भएको छ । कात्तिक १३ गते संक्रमण पुष्टि भएपछि उनी सोही दिन अस्पताल भर्ना भएका थिए ।
  • कपिलवस्तु नगरपालिका–६ कपिलवस्तुका ७९ वर्षका पुरुषको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सोमबार राति ९ बजे मृत्यु भएको छ । कात्तिक २३ गते अस्पताल भर्ना भएका उनमा २४ गते संक्रमण पुष्टि भएको थियो ।
  • घोराही उपमहानगरपालिका–१५ दाङका ६४ वर्षका पुरुषको भेरी अस्पताल नेपालगञ्जमा सोमबार राति ९ बजे मृत्यु भएको छ । सोमबार विहान अस्पताल भर्ना भएका उनमा मृत्युपछि सोमबार राति १० बजे संक्रमण पुष्टि भएको हो ।
  • ठाकुरद्वारा नगरपालिका–२ बर्दियाका २९ वर्षका पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कात्तिक २४ गते मृत्यु भएको छ । कात्तिक २३ गते साँझ भर्ना भएका उनमा मृत्युपछि कात्तिक २४ गते साँझ संक्रमण पुष्टि भएको हो ।
  • बाँसगढी नगरपालिका–८ बर्दियाका ३५ वर्षका पुरुषको वेस्टर्न अस्पताल नेपालगञ्जमा कात्तिक २४ गते राति ८ बजे मृत्यु भएको छ । कात्तिक २३ गते खुट्टाको जोर्नीको समस्या लिएर अस्पताल भर्ना भएका उनको पीसीआर परीक्षण गर्दा कात्तिक २४ गते दिउँसो संक्रम पुष्टि भएको थियो ।
  • राजापुर नगरपालिका–८ बर्दियाका ३२ वर्षका पुरुषको भेरी अस्पतालमा मंगलरबार विहान ११ बजे मृत्यु भएको छ । कात्तिक १३ गते अस्पताल भर्ना भएका उनमा १४ गते संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment