६ असोज, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले मुक्त कमैयाको पुनर्स्थापनाको विषयलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।
आफ्नो समस्या समाधानको मागसहित मंगलबार मुख्यमन्त्री निवास पुगेको मुक्त कमैयाको टोलीसँगको भेटमा मुख्यमन्त्री भट्टले यस्तो बताएका हुन् ।
उनले लामो समयदेखि समस्यामा रहेका मुक्त कमैयाको जीवनस्तर सुधार तथा पुनर्स्थापनाका विषयलाई सरकारले प्राथमिकतामा राखेको बताए । मुक्त कमैयाको आवास तथा जीविकोपार्जनसँग जोडिएका समस्या समाधानका लागि प्रदेश सरकार गम्भीर रहेको मुख्यमन्त्री भट्टको भनाइ थियो ।
मुख्यमन्त्री भट्टले मुक्त कमैयाको आवासलगायतका समस्या समाधानका लागि आगामी बजेटमै आवश्यक व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरे ।
मुक्त कमैयाको समस्या समाधानका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने उनले बताए ।
प्रतिक्रिया 4