News Summary
Generated by OK AI. Editorially reviewed.- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बुधबार प्रदेश सभा बैठकमा विश्वासको मत प्राप्त गरेका छन्।
- बैठकमा सहभागी ४६ प्रदेश सभा सदस्यमध्ये ३१ जनाले भट्टको पक्षमा र १५ जनाले विपक्षमा मत दिएका थिए।
- सभामुख भीमबहादुर भण्डारीले बहुमत सांसदको समर्थनपछि भट्टले विश्वासको मत पाएको घोषणा गरेका हुन्।
३ भदौ, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गरेका छन् । बुधबार बसेको प्रदेश सभा बैठकमा भट्टले विश्वासको मत प्राप्त गरेका हुन् ।
बैठकमा सहभागी ४६ जना प्रदेश सभा सदस्य भट्टको पक्षमा ३१ र विपक्षमा १५ मत खसेको हो ।
सभामुख भीमबहादुर भण्डारीले भट्टले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा बहुमत सांसदले मतदान गरेको बताउँदै भट्टले विश्वासको मत पाएको घोषणा गरेका हुन् ।
नेकपाका २० र उपसभामुखसहित एमालेका ११ प्रदेश सभा सदस्य भट्टलाई विश्वासको मत दिएका हुन् ।
एमालेको समर्थनमा उनी गत शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4