+
+
Shares

‘कुल्ली नम्बर १’का सारा र बरुण

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २६ गते ११:३२

नायिका साराअली खान र नायक वरुण धवन यतिबेला चलचित्र ‘कुल्ली नम्बर १’को प्रमोशनमा दौडिरहेका छन् । क्रिसमसमा डिजिटल रिलिज हुन लागेको यो चलचित्रलाई डेभिड धवनले निर्देशन गरेका हुन् । चलचित्रलाई कमेडी कथामा निर्माण गरिएको छ ।

ड्रग्सको मुद्दामा एनसीबीले सोधपुछ गरेपछि केही तनावमा देखिएकी सारा अहिले तनावमुक्त छिन् । उनले, चलचित्रको प्रमोशनमा बरुणलाई खुलेरै साथ दिइरहेकी छिन् ।

सामाजिक संजाल इन्स्टाग्राममा पनि यी दुई कलाकारको फन्डाहरु देख्न पाइन्छ । बरुणले आफ्नो सायरीको स्टाइल चोरी गरेको भन्दै साराले आफूलाई आँशु कवियत्री भनेकी छिन् ।

सन् १९९५ मा बनेको ‘कुल्ली नम्बर १’को रिमेकमा सारा र बरुणले काम गरेका हुन् । कोरोना भाइरसका कारण चलचित्र हलमा रिलिज हुने अवस्था नरहेपछि यसलाई डिजिटल माध्यमबाट रिलिज गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?