Comments Add Comment

५ करोडको बजेटमा दिपकको ‘अर्गानिक नमुना गाउँ’

चलचित्र ‘६ एकान ६’देखि ‘छ माया छपक्कै’सम्म आइपुग्दा, निर्माता तथा कलाकार दिपकराज गिरीले असफलता भोग्नु परेन । ‘छक्का पन्जा’का तिन सिरिजले उनलाई नेपालको सर्वाधिक सफल र कमाई गर्ने निर्माता पनि बनाइदियो ।

दिपकले अब यो सफलता आफ्नै गाउँमा खर्च गर्ने तयारी गरेका छन् । उनले, चन्द्रागिरी नगरपालिका दहचोकमा फार्म हाउस खोल्ने तयारी गरेका छन् । दिपकका अनुसार, यो फार्म हाउसलाई उनी ‘अर्गानिक नमुना गाउँ’ बनाउन चाहन्छन् ।

दिपकले फार्म हाउसका लागि ५ करोड बजेट लाग्ने अनुमान गरेका छन् । यो फार्म हाउसमा ३० वटा पौराणिक शैलीमा घर निर्माण गरिनेछ । एउटा घरमा एकसाथ ७–८ जना बस्न मिल्ने दिपकले बताए । उनले अनलाइनखबरसँग भने–‘चलचित्र सँगसँगै मैले अर्को काम पनि सुरु गर्न लागेको हुँ । सधै, चलचित्र मात्र बनाइन्छ भन्ने पनि छैन । आफूले कमाएको रकम आफ्नै गाउँमा खर्च गरौं भन्ने उद्देश्यले यो योजना अगाडि बढाउन लागेको हुँ ।’

उनका अनुसार, फार्म हाउसमा कृषी खेती, सेमिनार हल पनि निर्माण हुनेछ । आफ्नो पुर्खौली १० रोपनी जग्गा, दाुभाइहरुको सम्पत्ती र केही जग्गा किनेर उनले यो फार्म हाउस संचालन गर्न लागेका हुन् । दिपक भन्छन्–‘यो फार्म हाउसलाई अर्गानिक गाउँ बनाउने मेरो योजना छ । फार्म हाउसमा आफ्नै गाउँका मानिसहरुले रोजगारी पाउनेछन् । पर्यटन र कृषीलाई एकसाथ अगाडि बढाउन फार्म हाउसले सहयोग गर्नेछ ।’

दिपकले निर्माण गर्न लागेको फार्म हाउसमा बास बसेर ट्रेकिङ जान पनि सहज हुने वुझिएको छ । विगत ३ महिनादेखि दिपक यही काममा व्यस्त छन् । उनले भने–‘यो योजना अगाडि बढेसँगै चलचित्र निर्माणलाई पनि अगाडि बढाउँछु । मानिसहरुमा कोरोनाप्रतिको त्रास कम नभएसम्म चलचित्रमा हात हाल्नु बेकार छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment