३ मंसिर, काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनुपर्ने बताएका छन् ।
भट्टराईले सामाजिक सञ्जाल मार्फत् सरकारको असफलता/भ्रष्टाचारबारे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै लिखित आरोप लागेकाले ओलीलाई हटाउनैपर्ने उल्लेख गरेका छन् । उनले नेकपाको झगडामा राष्ट्रपति र विदेशी कुटनीतिज्ञले हस्तक्षेप गर्न नमिल्ने उल्लेख गरेका छन् ।
प्रतिपक्षी दल र जनताले उठाउनैपर्ने विषय भन्दै लेखेका छन्, ‘१. राष्ट्रपति र विदेशी कुटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न मिल्दैन, २. ओली सरकारको असफलता÷भ्रष्टाचारबारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4