+
+
Shares

चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ५ गते १७:०८

५ मंसिर, काठमाडौं । चीनका रक्षामन्त्री वेइ फङ्गह छिट्टै नेपाल भ्रमणमा आउने भएका छन् ।

उनको भ्रमणको बारेमा उच्च सरकारी तहमा कुराकानी भइरहेको छ । स्रोतका अनुसार प्रधानमन्त्री केपी ओली र चिनियाँ राजदूत होउ यान्छीका बीच भएको भेटमा चिनियाँ रक्षामन्त्रीको भ्रमणका सम्बन्धमा कुराकानी भएको थियो । अहिले रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओली आफैंले सम्हालेका छन् ।

भ्रमण नोभेम्बर २९–३० मा गर्नेगरी तयारी अगाडि बढाइए पनि प्रस्तावित मिति केही सर्नसक्ने भएकाले आधिकारिक घोषणा तत्काल नहुने स्रोतले जानकारी दियो । नेपाल आएर उनी अन्य दक्षिण एसियाली मुलुकको भ्रमणमा जाने छन् । परराष्ट्र मन्त्रालयले भने यस विषयमा केही बताएको छैन ।

सन् २०१९ को अक्टोबर महिनामा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले चीनको औपचारिक भ्रमण गरेका थिए । सो भ्रमणको समयमा २.५ विलियन बराबरको सैन्य सहयोग नेपाली सेनालाई गर्ने सहमति भएको थियो ।

गत वर्षको जुन महिनामा नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले चीनको औपचारिक भ्रमण गरेका थिए । स्रोतका अनुसार भ्रमण नियमित दुईपक्षीय आदान प्रदान हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?