Comments Add Comment

बीपी प्रतिष्ठानमा २२ वर्षीया कोरोना संक्रमितको मृत्यु

१४ मंसिर, काठमाडौं । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

महोत्तरीको बर्दिवास नगरपालिका–२ की २२ वर्षीया महिलाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

उनमा मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको आइतबार विहान २ बजेर ५० मिनेटमा मृत्यु भएको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको छ ।
उनी जनकपुर सिटी अस्पतालबाट रिफर भएर प्रतिष्ठानमा आएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment