
१५ मंसिर, काठमाडौं । श्रीलंकाको एउटा जेलमा सुरक्षाकर्मीसँग भएको झडपमा आठ जनाको मृत्यु भएको छ भने ५० भन्दा धेरै घाइते भएका छन् । जेलमा कोरोना संक्रमण बढेको विषयमा भएको विरोधको क्रममा श्रीलंकाको सबैभन्दा भिडभाडयुक्त जेल महारामा झडप भएको हो । पछिल्लो केही समययता श्रीलंकाको कैदीको चाप अत्यधिक भएका जेलमा कोरोना संक्रमण उल्लेख्य मात्रामा बढेको छ । पछिल्लो एक महिनामा कोरोना संक्रमितको संख्या पनि उल्लेख्य मात्रामा बढेको छ । अहिले श्रीलंकामा दैनिक एक हजारभन्दा धेरै कोरोना संक्रमित फेला परिइरहेका छन् ।
पछिल्लो केही सातायता श्रीलंकाको जेलमा कोरोना परीक्षण बढाउन र संक्रमित कैदीलाई आइसोलेसनको व्यवस्था गर्न माग गर्दै जेलमा विरोध प्रदर्शन हुँदै आएको छ । पछिल्लो झडप श्रीलंकाको महारा जेलमा भएको हो । अन्य जेलका कोरोना संक्रमितलाई महारामा ल्याइएसँगै त्यहाँका कैदीहरुले विरोध प्रदर्शन गरेका हुन् । प्रहरी अधिकारीका अनुसार जेलमा भएको झडपमा परी मृत्यु हुनेमध्ये अधिकांशको मृत्यु प्रहरीको गोली लागेर भएको हो ।
झडपमा परी घाइते भएकामध्ये पनि अधिकांशको अवस्था गम्भीर रहेको बताएको छ ।
झडपसँगै उक्त जेलको सुरक्षा व्यवस्था कडा पार्न सयौंको संख्यामा थप प्रहरी परिचालन गरिएको छ ।
स्रोत : रोयटर्स
प्रतिक्रिया 4