Comments Add Comment

महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

१८ मङ्सिर, महोत्तरी । महोत्तरी जिल्लाको माईस्थान-गौशाला-सम्सी सडकमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।

सडकको गौशाला नगरपालिकाको सुर्ती विकास चोकमा बुधबार राति १० बजे मोटरसाइकल दुर्घटना हुँदा गौशाला-८ का १९ वर्षीय अमर पाचेमगरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको हो ।

प्रदेश २-०२-००२ प ९३५८ नम्बरको मोटरसाइकल चोकको पार्कमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा परी गौशाला-८ कै १७ वर्षीय युवराज बलम्पाकी घाइते भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले जानकारी दिए । घाइते बलम्पाकीलाई प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पुर्‍याइएको प्रहरीले जनाएको छ ।

कम चौडाइ भएको सडकको चारतिर (बर्दिबास, सम्सी, इटाटार र रजखोर) तर्फको सडकबाटो छुट्टिने सो चौरस्ता चोकमा यसअघि पनि बाक्लै दुर्घटना हुँदै आएको छ ।

राति तीव्र गतिमा हाँकिएको मोटरसाइकल एकतिर मोड्ने क्रममा नियन्त्रण गुमेर पार्कमा ठोक्किन पुगेको प्रहरीको प्रारम्भिक अनुमान छ । मृतक पाचेले मोटरसाइकल हाँकेको र बलम्पाकी पछाडिको सिटमा बसेका बुझिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment