+
+
Shares

जलेश्वर–४ मा कांग्रेसको वडा अधिवेशनमा विवाद, निर्वाचन गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते १६:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महोत्तरीको जलेश्वर नगरपालिका–४ मा नेपाली कांग्रेसको वडा अधिवेशनमा विवाद भएपछि वडा कार्यसमिति सचिव अनिल कुमार पाण्डेयले निर्वाचनको माग गरेका छन्।
  • वडा सभापति सुरञ्जन पाण्डेयले असोज ४ गते सुगा गाउँको एक घरमा भएको भेलाबाट एकतर्फी चयन गरिएको भन्दै सचिव पाण्डेयले अलोकतान्त्रिक व्यवहार भएको आरोप लगाएका छन्।
  • पाण्डेयले निर्वाचन समितिले प्रक्रिया अगाडि नबढाए चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिएका छन्।

६ असोज, जनकपुरधाम । महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ४ मा नेपाली काँग्रेसको वडा अधिवेशवनमा विवाद देखिएको छ ।

कांग्रेसको १५औँ केन्द्रिय महाधिवेशन अन्तर्गत महोत्तरीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ मा पर्ने जलेश्वर वडा नम्बर ४ मा विवाद छ । विवादपछि वडा कार्यसमिति सचिव अनिल कुमार पाण्डेयले निर्वाचनको माग गरेका छन् ।

वडा सभापति सुरञ्जन पाण्डेयले असोज ४ गते सुगा गाउँमा व्यक्ति विशेषको घर (प्राङ्गन)मा गराएको भेलाबाट एकतर्फी ढंगले वडा समितिदेखि क्षेत्रिय प्रतिनिधिसम्म चयन गरेरकोमा यस वडाका ५१ प्रतिशत क्रियाशिल सदस्यसँग अलोकतान्त्रि व्यवहार गरेको वडा समितिका सचिव अनिलकुमार पाण्डेयको आरोप छ ।

वडा सभापति पद निर्वाचबाट नै टुंगो लगाइनुपर्ने उनको माग छ ।

साथै, जिल्ला र केन्द्रीय निर्वाचन समितिलाई एकलौटी गरिएको अधिवेशनलाई अमान्य ठहर गर्दै निर्वाचन प्रक्रियाबाट अधिवेशन सम्पन्न गराउन समेत माग गरिएको छ ।

वडा नम्बर–४ मा  खटाइएको पर्यवेक्षक अजित ठाकुरको वैधानिकतामाथि समेत प्रश्न उठाउँदै पर्यवेक्षक बनाएर पठाइएको व्यक्ति १४औं महाधिवेशनबाट निर्वाचित जलेश्वर नगरपालिका वडा नं. १० का सभापति अधिवेशनमा निष्पक्ष भूमिका समेत निभाउन नसकेको दाबी पाण्डे पक्षको छ ।

नेपाली कांग्रेस निर्वाचन समितिले निर्वाचन प्रक्रिया अगाडि बढाउन अधिवेशन गराउन तत्परता नदेखाए चरणबद्ध आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत वडा सचिव पाण्डेयको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?