+
+

लक्ष्मी बैंक र २ गाउँपालिकाबीच कृषि कर्जा प्रवाह गर्न सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १८ गते १७:३८

१८ मंसिर, काठमाडौं । लक्ष्मी बैंकले रुकुम पश्चिमका त्रिवेणी र बाँफिकोट गाउँपालिकामा सहुलियतपूर्ण कृषि कर्जा प्रवाहका लागि दुवै गाउँपालिकासँग छुट्टाछुट्टै सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत सम्बन्धित गाउँपालिकाको सहजीकरण र सिफारिसमा स्थानिय कृषी उद्यमि, कृषि समूह, कृषि सहकारी लगायत अन्य संघसंस्थाहरुले बैंकबाट सहुलियत दरमा कर्जा प्राप्त गर्नेछन् ।

आज एक कार्यक्रम बीच लक्ष्मी बैंकका रिटेल फाइनान्सियल सर्भिसका प्रमुख दिपेश अमात्य तथा त्रिवेणी र बाँफिकोट गाउँपालिकाका अध्यक्षहरु क्रमशः झक्कु प्रसाद घर्तिमगर र धर्मबहादुर केसीले उपरोक्त सम्झौतामा हस्ताक्षर गरे ।

कार्यक्रममा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले बैंकले कृषि कर्जालाई प्राथमिकतामा राख्दै आएको र सोका लागि छुट्टै इकाइसमेत स्थापना गरेको जानकारी गराए । कार्यक्रममा उपस्थित पूर्व उर्जामन्त्री जनार्दन शर्माले सम्झौतामाथि आफ्नो धारणा राख्दै रुकुम पश्चिमका अन्य स्थानीय निकायहरुका लागि समेत यस्तै सम्झौता गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?