Comments Add Comment

‘रअ’ प्रमुखको भ्रमणले थुप्रै रिजल्ट ल्याइसक्यो : परराष्ट्रमन्त्री

१९ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीसँग भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुख समान्त गोयलको भेट अपारदर्शी नभएको बताएका छन् ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बसेको बैठकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद भीम रावल लगायतले यसबारे प्रश्न उठाएका थिए ।

जवाफमा मन्त्री ज्ञवालीले भने, ‘विषय धेरै अगाडि बढिसक्यो, त्यसले थुप्रै रिजल्ट ल्याइसक्यो । हामी पुरानै कुरामा अडि्कएर बसिरहेका छौं ।’ गोयल ‘रअ’ प्रमुखका रुपमा नभइ भारतीय प्रधानमन्त्रीको सन्देश लिएर आएको उनले बताए ।

औपचारिक संवाद हुन नसकिरहेको बेला कूटनीतिमा व्यापारिक, धार्मिक मानिसहरु प्रयोग हुने बताए । ‘नाकाबन्दीको बेला हामीले तत्कालीन सेना प्रमुख राजेन्द्र क्षेत्रीजीलाई पठाएको होइन, हिमालय थापा जानु भएको होइन र ?’ उनले भने ।

उनले गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको भेट अपारदर्शी नभएको बताए । प्रधानमन्त्रीको प्रेस सल्लाहकारले भेट भयो र योयो विषयमा वार्ता भयो भनेको भन्दै भने, ‘योभन्दा बढी पारदर्शीता हामीले कति खोज्छौं, सम्भव हुन्छ ? त्यो बेग्लै कुरा भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment