+
+

राजतन्त्रको माग गर्दै हेटौंडामा राप्रपाको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १९ गते १६:२८

१९ मंसिर, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले बागमती प्रदेशको राजधानी हेटौंडामा शुक्रबार राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा प्रदर्शन गरेको छ ।

पार्टी कार्यालय सानोपोखराबाट मोटरसाइकल र्‍यालीले ‘राजतन्त्र पुनर्स्थापना गर’, ‘हिन्दु राष्ट्र कायम गर’लगायत नारा लगाउँदै बजार परिक्रम गरेको थियो ।

कोरोना संक्रमण जोखिमलाई ध्यान दिँदै सभा, सम्मेलन नगरी मोटरसाइकल र्‍याली निकालिएको राप्रपा मकवानपुरका अध्यक्ष रामहरि न्यौपानेले बताए ।

उनका अनुसार र्‍यालीमा करिब ५०० मोटरसाइकलमा नेता कार्यर्ता र शुभेच्छुक सहभागी थिए । हेटौंडा बजारको सीमा चोकमा पुगेको र्‍यालीलाई राप्रपाका नेता मधु अधिकारी, राजाराम बर्तौला, जिल्ला अध्यक्ष न्यौपानेले सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?