+
+
Shares

एक तिहाइ सांसदको उपस्थितिमा संसद चलाउने प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २८ गते १३:२२

२८ मंसिर, काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशनमा एक तिहाइ सांसदको उपस्थितिमा बैठक चलाउने विषया छलफल सुरु भएाके छ ।

संघीय संसद सचिवालयले कोरोना भाइरस महामारीको समयमा सतर्कता अपनाउन एक तिहाइ सांसदको उपस्थितिमा हिउँदे अधिवेशन चलाउने प्रस्ताव दलहरुसमक्ष राखेको छ । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले यो विषयमा अनौपचारिक छलफल भएको बताए । ‘तर, टुंगो लागेको छैन’ उनले भने ।

एक तिहाइ सांसदको सहभागितामा बैठक चलाउने विषयमा दलहरु भने सहमत भएका छैनन् ।

संसदका एक पदाधिकारीले अनलाइनखबरसंग भने, ‘अधिकांश सांसदहरु तयार नभएपछि दलले निर्णय लिएका छैनन् । त्यसकारण यो विकल्पमाथिको छलफल छलफलमै छ ।’

कोरोना महामारीको समयमा विभिन्न देशले एक तिहाइ सांसदको उपस्थितिमा संसद चलाएको उदाहरण छ । वेलायतले सुरुमा यस्तै अभ्यास गरेको थियो । ‘नेपालमा पनि सबै दलबाट एक तिहाई उपस्थित हुँदा कोरम पुग्ने र कोभिड रोकथामका दृष्टिले सहज हुने भन्ने हो’ एक नेताले भने ।

तर, सांसदहरुले नमान्दा यो विषय छलफलमै रुमल्लिएको छ ।

सांसदहरुले नमाने सम्बन्धित दलले ह्वीप लगाएर निर्णय लिन सक्ने पूर्वसभासद जनकराज जोशी बताउँछन् । ‘एक तिहाइ उपस्थितिमा संसद चलाउँदा सहज हुन्छ भने दलहरुले ह्वीप लगाउन सक्छन्’ हालै कोभिड–१९ महामारीमा संसद सञ्चालनसम्बन्धी एक अन्र्तक्रिया कार्यक्रममा उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?