Comments Add Comment

सेलपे र फोनपेबीच सहकार्य, क्यूआर भुक्तानीमा रिवार्ड पोइन्टस् पाइने

नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम (सेलपे) तथा भुक्तानी सेवा संचालक फोनपे पेमेण्ट सर्भिस (फोनपे) बीच सहकार्य भएको छ ।

यस सहकार्य अन्तर्गत सेलपेका ग्राहकहरुले फोनपे नेटवर्कका सम्पूर्ण मर्चेन्टहरुमा भुक्तानी गर्न सक्ने छन् । सेलपेका ग्राहकहरुले उक्त मर्चेन्टहरुमा भुक्तानी गर्दा उपलब्ध ग्राहक योजनाहरुको फाइदा उठाउन सक्नुका साथै हरेक क्यूआर भुक्तानीमा रिवार्ड पोइन्टस् पनि पाउनेछन् ।

उक्त सम्झौतापत्रमा सेलकमका प्रबन्ध निर्देशक पवन प्रधान तथा फोनपे पेमेण्ट सर्भिसका तर्फबाट एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले हस्ताक्षर गरे ।

कोरोना भाईरस (कोविड १९)को संक्रमणबाट बच्नको लागि ग्राहकहरुको सुरक्षा र आवश्यकताहरुलाई ध्यानमा राखी सकेसम्म नगद कारोवार नगरी डिजिटल कारोवार गर्न सकियोस भनी यो सहकार्य गरिएको हो । साथै यस सहकार्यले सेलपे तथा फोनपेको एक अर्काका सेवाहरु विच अन्तरआवद्धता भई ग्राहकहरुले अत्यधिक फाईदा उठाउन सक्ने छन् ।

यस सहकार्य अन्तर्गत सेलपेका ग्राहकहरुले फोनपे नेटवर्कमा आवद्ध रहेका करीव १६०००० मर्चेण्टहरुमा भुक्तानी गर्न सक्ने छन् । सेलपेका ग्राहकहरुले उक्त मर्चेण्टहरुबाट कुनै पनि सामान वा सेवा खरिद गर्दा सेलपे एप्पबाट उक्त मर्चेण्टमा रहेको फोनपे क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment