Comments Add Comment

स्‍थानीय तहको काममा नै अहिलेको राजनीतिक प्रणाली टिकेको छ : मन्त्री त्रिपाठी

२९ मंसिर, काठमाडौं। संघीय मामिला तथा समान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले देशको राजनीतिक प्रणाली स्थानीय तहको भूमिकामा निर्भर रहेको बताएका छन् ।

काठमाडौं महानगरपालिकाको २६ औं महानगर दिवस मनाउन आयोजित कार्यक्रममा बोल्दै मन्त्री त्रिपाठीले स्थानीय तहको भूमिकामा देशको राजनीतिक प्रणाली अडिएको धारणा राखेका हुन् ।

स्थानीय तहको कामकारबाहीमा अहिलेको व्यवस्थालाई सफल बनाउने अथवा औचित्यहीन बनाउने भन्ने निर्भर रहेको उनको भनाइ थियो । संघीय लोकतान्त्रिक गणतन्त्र कसैको निगाहमा अथवा चन्दा पुस्कारमा प्राप्त नभएकाले कसैले पनि समाप्त पार्न नसक्ने उनले दावी गरे ।

कोभिड-१९ को महामारीको समयमा स्थानीय तहले गरेको काम कारबाहीबाट नै संघीयता आवश्यक छ भन्ने पुष्टि भइसकेको भन्दै मन्त्री त्रिपाठीले संविधानले स्थानीय तहलाई असाधारण अधिकार दिएको पनि बताए । संविधानले स्थानीय तहमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकार दिएको भएर नै स्थानीय तहले असाधारण काम गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिका सिङ्गो देशबासीको भएको बताए । त्यसैले काठमाडौंको विकासमा सबैको चासो रहेको मेयर शाक्यले बताए । काठमाडौंमा स्थायी बासिन्दा भन्दा अस्थायी बासिन्दा धेरै भएकाले काठमाडौंलाई सफा, स्वच्छ, हराभरा, धुलो मुक्त र हिलो मुक्त बनाउन सबैको साथ आवश्यक रहेको पनि मेयर शाक्यले बताए ।

महानगरपालिकाले २०५२ साल मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा गरिएको दिनलाई आधार मानेर हरेक वर्ष आजकै दिन महानगर दिवस मनाउँदै आएको छ । महानगरपालिकाले कोभिड–१९ संक्रमणको जोखिमका कारण जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरी महानगर दिवस मनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment