+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

अस्पताल निर्माणको टेन्डर पुस मसान्तभित्र गर्न मन्त्रालयको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २९ गते १७:२९

२९ मंसिर, काठमाडौं । ३९६ स्थानीय तहले निर्माण गर्ने ५ देखि १५ शय्यासम्मको आधारभूत अस्पतालको भवन निर्माणका लागि आगामी पुस मसान्तभित्र टेन्डर आह्वान गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ ।

मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गर्दै केही स्थानीय तहरुबाट छनौट भएका वडाको स्वास्थ्य संस्था भन्दा पृथक वडाको स्वास्थ्य संस्थामा आधारभूत अस्पताल निर्माण गर्ने गरी सोही अनुरुप कार्य प्रक्रिया अगाडि बढाइएको गुनासो प्राप्त भएको भन्दै त्यसो नगर्न आग्रह गरेको छ ।

मन्त्रालयको उल्लेखित गुनासोका सम्बन्धमा स्वास्थ्य भवन पूर्वाधारको डिजाइन र निर्माण सम्बन्धी निर्देशिका पूर्ण पालन गर्न समेत आग्रह गरिएको हो । मन्त्रालयको परिपत्र पालन नगरेमा ससर्त अनुदान उपलब्ध गराउन वाध्य नहुने समेत परिपत्रमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?