Comments Add Comment

सरकारविरुद्ध कांग्रेसको शक्ति प्रदर्शन (फोटो फिचर)

२९ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार सरकारविरुद्ध देशब्यापी प्रदर्शन गरेको छ । काठमाडौंसहित सबै जिल्ला र ठूला सहरहरुमा प्रदर्शन र आमसभा गरेको हो ।

कांग्रेसले आयोजना गरेको जुलुस र सभामा नेता कार्यकर्ताको बाक्लो सहभागिता थियो । काठमाडौं उपत्यकामा शान्तिवाटिकामा सभा गरेको थियो । सहरका विभिन्न ठाउँबाट सुरु भएको प्रदर्शन शान्तिवाटिकामा पुगी सभामा परिणत भएको थियो । उक्त सभालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गरे ।

पार्टी सभापति शेरबहादुर देउवा भने बागमती प्रदेशको राजधानी हेटौंडाको कार्यक्रममा सहभागी भए । महामन्त्री डा. शशांक कोइराला प्रदेश १ को राजधानी विराटनगर पुगेका थिए भने नेता गगन थापा धनगढीको कार्यक्रममा सहभागी भए ।

कांग्रेसले सोमबारको प्रदर्शनलाई शक्ति प्रदर्शनको अवसरको रुपमा समेत लिएको देखियो । सबैजसो कार्यक्रममा कांग्रेसको झण्डा र राष्ट्रिय झण्डासहित कांग्रेसका नेता कार्यकर्ता सहभागी भएका थिए । उनीहरुले सरकारविरुद्ध उत्तेजक नाराबाजीसमेत गरेका थिए ।

हेर्नुहोस् काठमाडौं उपत्यकासहित देशका विभिन्न सहरमा आयोजित विरोध प्रदर्शनका तस्वीर –

हुम्लाको कार्यक्रममा सहभागी कांग्रेस कार्यकर्ताहरु ।
मोरङको विराटनगरमा आयोजित कार्यक्रममा सहभागी कांग्रेस कार्यकर्ताहरु ।
कास्कीको पोखरामा आयोजित कार्यक्रममा सहभागी कांग्रेस कार्यकर्ताहरु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment