Comments Add Comment

तेस्रो राष्ट्रिय झण्डा दिवस मनाइयो

१ पुस, काठमाडौं । तेस्रो राष्ट्रिय झण्डा दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।सोही अवसरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले माइतीघर मण्डलामा बुधबार एक कार्यक्रमको आयोजना गर्‍यो ।

पछिल्लो समय राष्ट्रिय झण्डाको प्रयोग विभिन्न नारा, जुलुसमा भइरहेको भन्दै झण्डालाई राष्ट्रिय पहिचानको रुपमा मात्रै प्रयोग गर्नुपर्ने प्रतिष्ठानका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले बताए ।

राष्ट्रिय झण्डाको महत्व नै नबुझेर प्रयोग गरिनु ठिक नभएको पनि उनले बताए । ‘राष्ट्र, राष्ट्रियता, स्वाधिनता, अन्तर्राष्ट्रिय पहिचान’ भन्ने मूल नार सहति दिवस मनाइएको हो ।

२०१९ पुष एक गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र संघमा अंगिकृत गरिएको थियो । सोही दिनको सम्झनामा प्रतिष्ठानले २०७५ पुष १ गते देखि दिवसको रुपमा मनाउँदै आएको छ ।

प्रतिष्ठानले हरेक वर्ष राष्ट्रिय झण्डा दिवस, राष्ट्रिय पोशाक दिवस र राष्ट्रिय टोपी दिवस समेत मनाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment