
१ पुस, काठमाडौं । नेकपा मालेले सरकारले मंगलबार ल्याएइको संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन माग गरेको छ ।
पार्टी महासचिव सीपी मैनालीले बुधबार विज्ञप्ति जारी गरी अध्यादेशले सरकारलाई झन् स्वेच्छाचारी र निरंकुश बनाउने बताएका छन् ।
‘आफ्नै वैधताबारे प्रश्न बोकी आएको उक्त अध्यादेशले राष्ट्रपति र प्रधानमन्त्रीबारे विविध कोणबाट प्रश्न र विरोध गर्ने ठाउँ दिएको मात्र छैन, त्यसले यस ब्यवस्थाको शक्ति सन्तुलन र पृथकीकरणको सिद्धान्तमाथि नै चोटिलो प्रहार गरेको छ’ मैनालीले भनेका छन् ।
नेकपाले आफू भित्रको शक्तिसंघर्षलाई सरकार सञ्चालनको काममा प्रवेश नगराउन आग्रह गर्दै मालेले सरकारले मिचाहा शैली अन्त्य गर्नुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4