+
+
Shares

भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासी समस्या समाधान गर्न कानुनी अड्चन हट्यो : मन्त्री रावल

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २७ गते १७:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार दिउँसो वनसम्बन्धी र भूमिसम्बन्धी दुई अध्यादेश जारी गरेका छन्।
  • भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले यससँगै भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी समस्या समाधानका कानुनी अड्चन हटेको बताइन्।
  • उनले ‘अब राजनीतिक तथा प्रशासनिक नेतृत्व, सम्बन्धित कर्मचारी, स्थानीय तह र समाधान समितिले मिसन मोडमा काम गरौं’ भनेकी छन्।

२७ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुई वटा अध्यादेश जारी गरेका छन् ।

उनले मंगलबार दिउँसो वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ जारी गरेका हुन् ।

यो सँगै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी समस्या समाधानका कानुनी अड्चनहरू हटेको बताउँछिन्, भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल ।

‘भूमिहीन दलित, भूमिहीन सुकुम्बासी एवं अव्यवस्थित बसोबासीको समस्या समाधानका कानुनी अड्चनहरू अब हटेका छन्’ उनी भन्छिन्, ‘भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश २०८३ जारी भएसँगै समाधानको बाटो खुलेको छ ।’

साथै, वन मध्यवर्ती क्षेत्र तथा आरक्ष क्षेत्रसम्बन्धी कानुनका प्रावधानका कारण समाधान हुन नसकेका भूमिहीनका समस्या समाधान गर्न सम्बन्धित ऐनहरूमा समेत छुट्टै अध्यादेशमार्फत आवश्यक व्यवस्था गरिएको छ ।

‘अब राजनीतिक तथा प्रशासनिक नेतृत्व, सम्बन्धित कर्मचारी, स्थानीय तह र समाधान समितिले मिसन मोडमा काम गरौं’ उनी सामाजिक सञ्जालमा लेख्छिन्, ‘कानुनी आधार तयार छ, अब सही नियत, इच्छाशक्ति र तीव्र कार्यान्वयन आवश्यक छ । सबैको साथ र सहयोगको अपेक्षा गरेकी छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?