+
+
Shares

राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश

सरकारले राष्ट्रपतिसमक्ष तीन वटा अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २३ गते १७:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रपति रामचन्द्र पौडेलले २३ असोजमा विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गर्नुभयो।
  • सरकारले राष्ट्रपतिसमक्ष तीन वटा अध्यादेश जारी गर्न सिफारिश गरेकोमा राष्ट्रपति कार्यालयले एउटा मात्रै अध्यादेश जारी गरेको हो।
  • राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीका अनुसार जारी भएको अध्यादेश विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने हो।

२३ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् ।

सरकारले राष्ट्रपतिसमक्ष तीन वटा अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको थियो ।

तर, राष्ट्रपति कार्यालयबाट भने एउटा मात्रै अध्यादेश जारी भएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीका अनुसार, विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरिएको हो ।

भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पनि राष्ट्रपतिसमक्ष सिफारिसका लागि पठाइएको थियो । यी दुई अध्यादेश भने अध्ययनकै क्रममा रहेको राष्ट्रपति कार्यालय स्रोतले बतायो ।

भोटेकोशी बाढीलाई मध्यनजर गर्दै विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने गरी अध्यादेश जारी गर्न लागिएको छ ।

हाल १२ वर्ष बेपत्ता भएका व्यक्तिलाई मृतक घोषणा गर्न सकिने व्यवस्था छ । यसलाई छोट्याएर विपद्को सन्दर्भमा ४५ दिनमै मृतक घोषणा गर्न सकिने विषय अधयादेशमा आएको छ ।

भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेशमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा दिने विषय समावेश छ । राष्ट्रपतिले जारी गरेपछि अध्यादेशले गरेका व्यवस्था लागू हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?