
१ पुस, काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबार प्रवेश गर्ने कर्मचारीको पोशाक चेकजाँच गरेको छ ।
सतर्कता केन्द्रले बुधबार सिंहदरबारको दक्षिण गेटमा कर्मचारीहरुले तोकिएको पोशाक लगाए नलगाएको सम्बन्धमा चेकजाँच गरेको हो ।
सतर्कता केन्द्रका प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्णप्रसाद अधिकारीले बिहान ९ बजेदेखि नै चेकजाँच गरिएको बताए ।
अधिकांश कर्मचारीले पोशाक नलगाएको पाइएपछि सचेत गराउन चेकजाँच गरेको अधिकारीको भनाइ छ । उनले सिंहदरबारभित्र काम गर्ने कर्मचारी र बाहिरबाट काम लिएर आउने कर्मचारी सबैले पोशाक लगाए नलगाएको जाँच गरिएको बताए ।
अधिकांश कर्मचारीले पोशाक नलगाएको पाइएको पनि उनले बताए । पोशाक नलगाउने कर्मचारीलाई सचेत गराई प्रवेश गर्न दिइएको उनको भनाइ छ ।
सरकारी कर्मचारीले पोशाक भत्तावापत रकम लिने तर पोशाक नै नलगाउने गरेपछि अनुगमन गर्नुपरेको डीएसपी अधिकारीले बताए ।
अबदेखि नियमितरुपमा छड्के जाँच गरिने अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया 4