
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली सरकारलाई श्रेष्ठले कुशासन र भ्रष्टाचारको अभ्यासकर्ता भनेका छन्।
- उनी भन्छन् कि सरकार निरंकुश र पारदर्शिता विहीन हुँदै गएको छ।
- श्रेष्ठले जनताको अपेक्षा अनुसारको आर्थिक विकास र समृद्धि आवश्यक रहेको बताए।
३० वैशाख, गुल्मी । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान सरकार कुशासनको अभ्यासकर्ता बनेको बताएका छन् ।
मंगलबार प्रेस सेन्टर गुल्मीले तम्घासमा राखेको पत्रकार भेटघाट कार्यक्रममा श्रेष्ठले सरकार भ्रष्टचारीलाई प्रोत्साहि गर्ने कुशासनको अभ्यासकर्ता बनेको बताएका हुन् ।
नेपाली जनतालाई सुन्दा पनि लाज भइरहेको बताउँदै उनले भने, ‘गर्भनर नियुक्ति विषयमा खिचातानी हुँदा देशमाथि नै खेलवाड भइरहेको छ । सरकारले विधिको शासनको धज्जी उडाएको छ ।’
पूर्वगृहमन्त्री समेत रहेका श्रेष्ठले सरकार निरंकुश बन्दै गएको पनि दावी गरे ‘सरकार निरंकुश बन्दै गइरहेको छ,’ श्रेष्ठले भने, ‘कसैको कुरा सुन्ने स्थिति छैन ।’ सरकारबाट पारदर्शिता छैन, छलकपट मात्रै भइरहेको छ ।’
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र सरकार भत्काउने र अर्को बनाउने खेलमा नरहेको जिकिर गर्दै उनले जनताको बीचमा गएर पार्टीलाई बलियो बनाउने अभियानमा केन्द्रित रहेको बताए ।
राजावादी र प्रतिगामी शक्तिलाई परास्त गर्ने अचुक औषधी सुशासन र समृद्धि भएको श्रेष्ठको भनँइ छ । ‘नेपाली जनताको अपेक्षा अनुसार आर्थिक विकास र समृद्धिको प्रक्रियाले गति लिन नसक्दा जनता निराश भएका हुन्,’ उनले भने, ‘त्यो निराशामाथि खेल्दै राजावादीहरूले गतिविधि गरिरहेका छन् । खासमा जनतालाई राजा ल्याउनु छैन, भ्रष्टाचार र कुशासन भगाउनुछ ।’
प्रतिक्रिया 4