
News Summary
Generated by OK AI. Editorially reviewed.- विराटनगरको कोशी बाल सुधार गृहबाट तीन जना बालकहरू भागेका छन्।
- उनीहरू उमेरमा १७ देखि १८ वर्षका छन् र उदयपुर, झापा र ताप्लेजुङका हुन्।
- भागेका बालकहरूको खोजी भइरहेको छ ।
३० वैशाख,विराटनगर । विराटनगरमा रहेको बाल सुधार गृहबाट तीन जना बालकहरू भागेका छन् ।
विराटनगर–३ स्थित कोशी बाल सुधार गृहबाट सोमबार तीन जना बाल बिजाइँकर्ता भागेका हुन् ।
प्रहरीका अनुसार उदयपुर, झापा र ताप्लेजुङ घर भएका १७ देखि १८ वर्ष उमेर समूहका तीन बालक भागेका हुन् ।
भागेहरुको खोजी भइरहेको मोरङ प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
फरारमध्ये उदयपुरका १८ वर्षीय बालकलाई अदालतले १६ वर्ष ८ महिना कैद सजाय सुनाएको थियो । उनी तीन वर्षदेखि सुधार गृहमा थिए ।
झापा र ताप्लेजुङका दुई बालक पाँच महिनाअघि पुर्पक्षका लागि सुधार गृहमा आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4