Comments Add Comment

प्रचण्डसँग नेम्वाङको प्रस्ताव : अध्यादेशबारे दुई अध्यक्ष कुरा गर्नुहोस्

३० मंसिर, काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश आएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले दुई अध्यक्ष (केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड) सँग भेटवार्ता गरेका छन् ।

प्रचण्डलाई भेट्न जानुअघि नेम्वाङ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । दुवै अध्यक्षसँग पार्टीको विवादबारे नै कुराकानी गरेको नेम्वाङले बताए । ‘प्रचण्डलाई भेट्न जाँदैछु भनेर प्रधानमन्त्रीलाई जानकारी दिएँ, अध्यादेशबारे कुरा भएन’, नेम्वाङले अनलाइनखबरसँग भने ।

बालुवाटारबाट नेम्वाङ खुमलटार पुगेका थिए । खुमलटार पुगेका नेम्वाङसँग प्रचण्डले अध्यादेशबारे सोधेका थिए । ‘किन यस्तो अध्यादेश ल्याइयो भनेर प्रचण्ड कमरेडले सोध्नुभयो । मैले तपाईंले नै प्रधानमन्त्रीसँग कुरा गर्नुपर्छ भनेको छु’ नेम्वाङले भने, ‘यसो हेलो (टेलिफोनबाटै) गरे त भइहाल्यो, कुरा गर्नुहोस् ।’

प्रचण्डले अध्यादेशबारे ओलीसँग कुरा गर्ने जवाफ दिएका छन् । गएको वैशाख ८ मा पनि सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको थियो तर पछि विरोध भएपछि फिर्ता गरिएको गरिएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आजै जारी गरेको अध्यादेशअनुसार, प्रधानमन्त्रीसहित ३ जनाको उपस्थितिमा संवैधानिक परिषद्को बैठक समेत बसेको छ । काँग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा अनुपस्थित हुँदा पनि बैठक बस्न सक्नेगरी अध्यादेश ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment