+
+
Shares

खुमलटारबाट फर्किएर प्रधानमन्त्री बादल निवासमा

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ४ गते १२:५३

४ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली खुमलटारबाट फर्किएर गृहमन्त्री रामबहादुर थापा (बादल)लाई भेट्न गएका छन् ।

सचिवालय सदस्य एवम् गृहमन्त्री बादललाई भेट्न प्रधानमन्त्री ओली मन्त्री निवास गएका हुन् । अहिले प्रधानमन्त्री ओली पुल्चोकस्थित मन्त्री निवासमा छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रधानमन्त्री ओली खुमलटार पुगेका थिए ।

खुमलटारमा प्रधानमन्त्री ओली र प्रचण्डवीच कुराकानी हुँदै गर्दा केहीबेरमा उपाध्यक्ष वामदेव गाैतम पनि पुगेका थिए ।

ओली फर्किएपछि प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच केहीबेर कुराकानी भएको छ ।

तस्वीर स्रोत- प्रधानमन्त्रीको सचिवालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?