Comments Add Comment

विप्लवको प्रतिक्रिया: असफल संसदीय व्यवस्था समाधान होइन

काठमाडौं । संसद भंग गर्ने प्रधानमन्त्रीको कदमप्रति प्रतिक्रिया दिँदै भूमिगत नेपाल कम्युनिस्ट पार्टीले असफल संसदीय व्यवस्था समाधान नभएको बताएको छ । आइतबार पार्टी महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै लोकतन्त्रको उच्च संस्था भनिने संसद्ले नेपाली जनताको अग्रगामी एवं रुपान्तरणकारी चाहना पूरा गर्न नसक्ने दाबी गरेका छन् ।

महासचिव विप्लवले जनताको शान्ति र प्रगतिको आकांक्षा पूरा गर्न असफल हुँदा फासीवादको साहाराद्वारा आफ्नो संकट टार्न खोज्ने संसद्वादी तत्वहरुको विश्वव्यापी चरित्र अनुरुप केपी ओलीले यो कदम चालेको ठहर गरेका छन् । ओलीको यो कदमले वस्तुतः दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थाको असफलता र वैज्ञानिक समाजवादी राज्य व्यवस्थाको आवश्यकतालाई निर्विकल्प रुपले पुष्टि गरेको उनको ठहर छ ।

तीन दशकको प्रयोगमा असफल भइसकेको संसदीय व्यवस्थाको गोलचक्करबाट अहिलेको समस्याको समाधान होला भन्ने भ्रममा नपर्न आग्रह गर्दै विप्लवले सम्पूर्ण कम्युनिस्ट बामपन्थी र प्रगतिशील देशभक्त शक्तिहरूबीच मोर्चाबन्दी गरेर अघि बढ्न आह्वान समेत गरेका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment