Comments Add Comment

सानेपामा सर्वदलीय बैठक सुरु

सर्वदलीय बैठक । तस्वीरः विकास श्रेष्ठ/अनलाइनखबर

६ पुस, काठमाडौं । सानेपामा सर्वदलीय बैठक सुरु भएको छ । नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठक पार्टी कार्यालय, सानेपामा सुरु भएको हो ।

बैठकमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टीका नेता सहभागी छन् । बैठकमा राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) का नेताहरु भने सहभागी छैनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेपछि तीब्र विरोध भइरहेको छ । यही परिस्थितिबीच ओलीको कदमलाई कसरी सामना गर्ने भन्ने विषयमा सर्वदलीय बैठकमा छलफल हुने भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment