+
+
Shares

प्रधानमन्त्रीको कदम गैरसंवैधानिक : बुद्धिजीवी संगठन एवं पेसागत महासंघ

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ८ गते १७:५६

८ पुस, काठमाडौं । बुद्धिजीवी संगठन एवं विभिन्न पेसागत महासंघले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर अलोकतान्त्रिक, पश्चगामी तथा गैरसंवैधानिक कार्य गरेको बताएका छन् ।

बुद्धिजीवी एवं पेसागत महासंघले बुधबार निकालेको संयुक्त अपीलमा भनिएको छ, ‘राजनीतिक अस्थिरताको पूर्ण अन्त्य एवं समाजवादका आधार निर्माण गर्ने उदेश्यसहित भएको पार्टी एकता, भ्रष्टाचार नियन्त्रणसहित सुशासनको स्थापना गर्ने दृढता तथा सुशासनका माध्यमबाट सर्वसाधरण नागरिकलाई प्रत्यक्ष राहतको अनुभूति दिलाउने आफ्नै प्रतिवद्धता विपरीत स्वेच्छाचारी ढंगबाट अलोकतान्त्रिक, पश्चागामी तथा गैरसंवैधानिक कार्य भएको ठहर हामीले गरेका छौं । ‘

नेपाल बुद्धिजीवी संगठनका संयोजक डा. दिनेशचन्द्र देवकोटा, सहसंयोजक कृष्णराज केसी, पेसागत महासंघ नेपालका अध्यक्ष विश्वनाथ प्याकुरेल र राष्ट्रिय कर्मचारी महासंघ नेपालका संयोजक मोहनमान स्वांरले संयुक्त रुपमा अपील जारी गर्दै सबैखाले पश्चागामी अफवाहहरुको प्रतिरोध गर्न तथा परिवर्तनकारीहरुको एकतालाई सुदृढ गराउने वातावरण बनाउन समस्त वुद्धिजीवी तथा पेशाकर्मीसँग आग्रह समेत गरेका छन् ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?