९ पुस, काठमाडौं । काठमाडौंको बल्खुस्थित सिता पेट्रोलपम्प नजिक पिकअप भ्यानको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
बा २१ च ५०६४ नम्बरको पिक अप भ्यानले बुधबार साँझ ठक्कर दिँदा नवलपरासीको देवचुली नगरपालिका–१४ घर भएका २७ वर्षीय ज्ञानु अधिकारीको ज्यान गएको प्रहरीले जनाएको छ ।
पैदल हिँड्दै गरेका अधिकारीलाई बुधबार साँझ पौने ७ बजे भ्यानले ठक्कर दिएको थियो । उनको बयोधा अस्पतालमा उपचारको क्रममा साँझ ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
भ्यान चालक धादिङका राजु तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4