
मुकुन्द भट्टको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्र ‘लप्पन छप्पन २’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । यो चलचित्रलाई फागुण २७ गतेबाट रिलिज गर्ने तयारी गरिएको हो । शिवरात्रीको अवसर पारेर रिलिज हुन लागेको चलचित्रमा खिलेन्द्रराज तिमिल्सिना प्रस्तुतकर्ताको रुपमा छन् ।
चलचित्रमा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, राजेन्द्र बिष्ट, शक्ति श्रेष्ठ, सिर्जना सिना, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल लगायतका कलाकारको अभिनय छ ।
एक्सन र थ्रिलर कथामा तयार भएको यो चलचित्रमा निर्देशक भट्ट, सुनिल नेउरे र अमित शर्माको पटकथा तथा संवाद छ । पुरुषोत्तम प्रधानको छायांकन, शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट, दीपक आरजे र बुलेट फ्लेटको संगीत, नरेशनाथ योगीको कोरियोग्राफी रहेको यो चलचित्रमा हिमाल केसीको एक्सन निर्देशन, मिलन श्रेष्ठको सम्पादन छ ।
सुरज अधिकारी र प्रजापति सिवाकोटी कार्यकारी निर्माता रहेको चलचित्रमा प्रकाश कुँवर, निर्मलकुमार मिश्र, चिजकुमार श्रेष्ठ, सुदिपचन्द्र भक्रेल, सन्तोषचन्द्र भक्रेल निर्माताको रुपमा छन् ।
यसअघि यो चलचित्रको वैशाखमा प्रदर्शन मिति तय गरिएको थियो । तर, कोरोना महामारीका कारण लकडाउन भएपछि चलचित्र रिलिज हुन सकेको थिएन ।
प्रतिक्रिया 4