+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

रेमण्ड सपका सञ्चालकविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १२ गते १३:५२

१२ पुस, काठमाडौं । ठगी आरोपमा पक्राउ परेका रेमण्ड सपका सञ्चालक सञ्जय अधिकारीमाथिको अनुसन्धान प्रहरीले सकेको छ । अधिकारी ठगी सम्बन्धी कसुरमा दोषी रहेको निष्कर्ष निकाल्दै काठमाडौं प्रहरी परिसर, टेकुले अनुसन्धान सकेको हो ।

अनुसन्धान सकिएपछि प्रहरीले रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाएको डीएसपी प्रतिक विष्टले बताए । उनले अनलाइनखबरसँग भने, ‘सरकारी वकिललाई प्रतिवेदन बुझाइसकेका छौं, थप कानुनी प्रक्रिया त्यहीँबाट अघि बढ्छ ।’

सर्टिङसुर्टिङका लागि चर्चित ‘रेमण्ड सप’का सञ्चालक अधिकारीसहित चारजना मंसिर अन्तिम साता पक्राउ परेका थिए । पक्राउ पर्नेमा अधिकारीका छोरा समिरसहित सुवर्ण केसी र कृष्ण भट्टराई थिए ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहका अनुसार अधिकारीसहितको समूहले नेपाली सेनाका लागि चाहिने ३५ हजार थान बुट खरिदको ठेक्का पाएको थियो, त्यसको कारोबारका लागि खोलिएको खाताबाट किर्ते गरी रकम निकालिएको जाहेरी प्रहरीमा परेको छ ।

‘रकम भुक्तानीका लागि फुट केयर इन्डष्ट्रिका नाममा प्रभु बैंकमा खाता खोलिएको रहेछ’, सिंहले अनलाइनखबरसँग भने, ‘तर, भुक्तानी नगरी सञ्चालन समिति नै फेरबदल गरेर दर्खास्त किर्ते र विश्वासघात गरेको भन्दै जाहेरी आएपछि अनुसन्धसान थालेका थियौं ।’

अधिकारीले ४ करोड ८७ लाख रुपैयाँ ठगी गरेको जाहेरीमा उल्लेख थियो । त्यही बमोजिम मिगो मागदाबी र सजाय प्रहरीले माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?