
१२ पुस, काठमाडौं । संसद भंग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध जनता समाजवादी पार्टी (जसपा)नेपालले आज आइतबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
जसपाले ओलीको कदम असंवैधानिक भएको भन्दै त्यसलाई खारेज गर्न माग गरेको छ । रत्नपार्क शान्तिबाटिकाबाट जुलुस सुरु भएको छ । पुतली सडक हुँदै पुनः शान्तिबाटिकामै पुगेर विरोध र्याली कोणसभामा परिणत हुनेछ ।
कार्यक्रमलाई पार्टीका वरिष्ठ नेताहरु डा. बाबुराम भट्टराई, महन्थ ठाकुर, अशोक राई लगायतले सम्बोधन गर्ने तय भएको छ ।
संसद भंग गर्ने ओलीको कदमविरुद्ध प्रदर्शन गरिएको जसपाले जानकारी दिएको छ ।
तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4