+
+
Shares

कार्यभार सम्हाल्दै खानेपानी मन्त्री थापाले भने– देशलाई स्थिरतातर्फ लैजान कोसिस गर्छु

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १२ गते १४:१०

१२ पुस, काठमाडौं । नवनियुक्त खानेपानी मन्त्री मणिचन्द्र थापाले देशका ७७ वटै जिल्लामा खानेपानी तथा सरसफाइको अवस्था अध्ययन गर्ने निर्णयमा हस्ताक्षर गरेर मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

आइतबार खानेपानी मन्त्रालयमा मन्त्रीको जिम्मेवारी सम्हाल्दै थापाले ७७ वटै जिल्लामा खानेपानी तथा सरसफाइको अवस्था अध्ययन गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् ।

कार्यभार सम्हाल्दै मन्त्री थापाले देशको समृद्धि, स्थायित्व तथा स्थायी सरकारको विषय मुख्य भएकाले देशलाई स्थिरतातर्फ लैजान कोसिस गर्ने बताए । उनले स्थिरता र समृद्धिको बाहकको रुपमा स्थायी सरकार बनाउन जरुरी रहेको पनि बताए ।

मन्त्री थापाले मन्त्रालयको काममा आफ्नो तर्फबाट कुनै प्रकारको दबाब नहुने बताए । देखापर्ने समस्यालाई आपसी सहकार्य र अन्तरक्रियाबाट समाधान गर्न सकिनेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?