+
+
WC Series
कर्णाली याक्स 2025
149/7 (20)
VS
Kathmandu Gorkhas won by 5 wickets
Won काठमान्डु गोर्खाज 2025
155/5 (17.6)
Shares

कोभिड-१९ विरुद्ध नागरिक अभियान

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १६ गते १७:१२

१६ पुस, काठमाडौं । कोभिड १९ विरुद्ध नागरिक अभियान सुरु भएको छ । पिपुल हेल्थ मुभमेन्ट नेपाल, नेपाल पब्लिक हेल्थ एसोसियसन, नेपाल मेडिकल एसोसियसन र नेशनल बिजनेस इनिसियटिभ सहकार्यमा सुरु भएको अभियानले कोभिड १९ विरुद्ध लड्नका लागि सहयोग गर्नेछ । उक्त अभियानमा संगल्ग्न भोलेन्टियरहरुले विभिन्न ठाउँमा गएर जनचेतना फैलाउने काम गरिरहेका छन् ।

उक्त अभियानका सदस्य तथा जनस्वास्थ्यविद् डाक्टर शरद वन्तका अनुसार अभियानले कोभिडबाट आफ्नो सुरक्षा आफैं गर्ने र अरुको सुरक्षाको लागि जिम्मेवार बोध गर्ने, कोभिड संक्रमितको विरुद्ध भेदभाव नगर्ने, संक्रमितलाई आफ्नो गच्छे अनुसार सहयोग गर्ने मुद्दा उठाएको छ । मानसिक, आर्थिक र भौतिक सहयोग गर्नका लागि अभियानका सदस्यहरु खटिइरहेका छन् ।

‘कोभिडविरुद्ध नागरिक अभियान हो यसमा जो कोही स्वस्फुर्त रुपमा सहभागी हुन सक्नुहुन्छ, जुनसुकै ठाउँमा सहयो गर्नुहन्छ,’ डाक्टर वन्त भन्छन्, ‘हाम्रो अभियानको उदेश्य नै मर्का परेका मानिसले सहयोग पाउन भन्ने हो ।’

संक्रमित भइहालेमा आफ्नो व्यावस्थापन आफैं गर्नको लागि सूचना थाहा पाउने र सरकारको पनि निगरानी गर्ने अभियानको उदेश्य रहेको वन्त बताउँछन् । संक्रमित व्यक्तिहरुले भौतिक र मानसिक सहयोग पाउँदा राहत महसुस गर्ने भएका कारण अभियान सञ्चालन गरिएको उनले बताए । उनका अनुसार संक्रमित भएमा कहाँ जाने, कसलाई भन्ने लगायतका सूचना पुर्‍याउन पनि यो अभियान सञ्चालन गरिएको हो ।

पहिलो चरणमा अभियानका भोलेन्टियरहरु उपत्यकाका विभिन्न सपिङ सेन्टरमा गएर जनचेतना फैलाउने काम गरेका थिए । अब हुने अभियानमा स्कुल, यातायात, खुला बजार र होटलहरुमा सञ्चालन गरिने वन्तले बताए । उनले भने, ‘नागरिक आफ्नो ठाउँबाट सचेत भएर जनस्वास्थ्यको मापदण्ड पालना गर्ने हो भने धेरै हदसम्म संक्रमण नियन्त्रण गर्न सकिन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?