Comments Add Comment

संसद विघटनविरुद्धको आन्दोलन नेकपाकै शक्तिमा अघि बढ्छ : रघुजी पन्त

फाइल तस्वीर

२० पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता रघुजी पन्तले संसद विघटनविरुद्धको आन्दोलन नेकपाकै शक्तिमा अघि बढ्ने बताएका छन् ।

सोमबार प्रचण्ड –माधव समूहको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै पन्तले सरकारको असंवैधानिक कदमविरुद्ध संयुक्त आन्दोलन गर्न अन्य दलसँग समन्वय जारी राख्दै आन्दोलनलाई अघि बढाउने बताए ।

नेता पन्तले संसद विघटनको सम्बन्धमा सवोच्च अदालतले कुनै नेता अथवा आन्दोलनकारीको मुख हेरेर फैसला नगर्ने टिप्पणी गरे ।

सर्वोच्च अदालतले संविधान हेरेर फैसला गर्ने भएकोले संसद विघटनको जवाफ पुनर्स्थापना बाहेक केही हुन नसक्ने उनको भनाइ थियो । नेता पन्तले संविधानले संसद विघटनको अधिकार प्रधानमन्त्रीलाई नदिएको बताए ।

नेकपाको कमाण्ड प्रचण्ड–माधव पक्षसँग भएको उनको भनाइ थियो । बहुमत पनि प्रचण्ड-माधव पक्षसँगै भएको भन्दै उनले सूर्य चिन्ह र नेकपाको सम्पति आफूहरुको हुने दाबी समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment